site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सहजै 'फर्म' तयार पार्न सकिने र भर्न सकिने ‘ओम्नियुज’ नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘ओम्नियुज’ वेब तथा मोबाइल प्लेटफर्म नेपालमा सार्वजनिक भएको छ । विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेसन सञ्चालनमा ल्याइएको हो ।

ओम्नियुज वेब एप्लिकेसनले कम्पनीको उद्देश्य सबै व्यापारसहित स्कुल, केलज, विश्वविद्यालय, मेनपावर, अस्पताल, कर्पाेरेट संस्थाहरु, स्थानीय तथा संघीय सरकार र एनजीओ तथा आईएनजीओहरुलगायतका संघसंस्थाहरु सेवा प्रदान गर्ने जनाएको छ ।

यस्ता संघसंस्थाहरुले प्लटेफर्मबाट सहजै फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फर्मलाई व्यवस्थापन गर्न सक्ने कम्पनीले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत अप्रिल १४ देखि सुरु भएको ओम्नियुज आइतबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा सार्वजनिक भएको हो ।

यो एप अमेरिकी कम्पनी डिजिटल फम्र्याल्युएसन एलएलसीले निर्माण गरेको सबक्रिप्सनमा आधारित सेवा हो । यसमा गुगल र माइक्रोसफ्टभन्दा बढी फिचर रहेको कम्पनीको दाबी छ ।

Global Ime bank

प्रयोगकर्ताहरुको लागि कतिपय निःशुल्क सुविधा समेत रहेको ओम्नियुज प्लेटफर्म वेब एप, मोबाइल एप र कनेक्ट एपीआई र एप्लिकेसनका रुपमा प्रयोग गर्न सकिन्छ ।

कनेक्ट एपले मोबाइल र वेब एप्लिकेसनबीच जोड्छ । साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाई नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ ।

यस सिस्टमको उद्देश्य विभिन्न संघसंस्थाहरु र ग्राहकहरुको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने भएको कम्पनीले जनाएको छ ।

प्लेटफर्ममा नेपाली, हिन्दी र अंग्रेजी भाषा समावेश गरिएको छ । ओम्नियुज वेबमा रेगुलर र सब्सकृप्सन गरेर दुईवटा संस्करण छ ।

एपको रेगुलर मोडेल विभिन्न संघसंस्थाहरुको लागि बनाएको हो, यसलाई संस्थाहरुले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन् । रेगुलर मोडेलमा सुविधाहरुअनुसार मूल्य राखिएको छ । सब्सकृप्सन मोडेल सम्पूर्ण संघसस्थाहरुको लागि निःशुल्क छ ।

www.omniusenepal.com मा गएर कम्पनीले आफ्नो सेवा पाउन सकिने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय