खेल

काठमाडौं । भारतीय बलर कुलदीप यादव एसिया कप–२०२३ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका कुलदीप ९ विकेटसहित प्रतियोगिताको उत्कृष्ट बलर बनेका हुन् । उनले १५ हजार डलर पाए ।
कुलदीपले पाकिस्तानविरुद्ध पाँच विकेट र श्रीलंकाविरुद्ध चार विकेट लिएका थिए ।
आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा भएको फाइनलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले प्रतियोगिताको उपाधि जितेको थियो ।
भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो । यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्