site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिराजको घातक बलिङमा ५० रनमै समेटियो श्रीलंका

काठमाडौं । मोहम्मद सिराजको घातक बलिङप्रेरित भारतले एसिया कप–२०२३ को फाइनलमा श्रीलंकालाई ५० रनमै अल आउट गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले बनाएको यो अहिलेसम्मकै दोस्रो सबैभन्दा कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंका ४३ रनमा अल आउट भएको थियो ।

सिराजले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ गरेपछि श्रीलंकाको कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम  १५.२ ओभरमा ५० रनमै समेटिएको हो । योसँगै एसिया कपको उपाधिका लागि भारतले ५१ रनको सामान्य लक्ष्य पाएको छ ।

Siraj-s-1694951154.png

घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए । सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो । यसअघि ३२ रन खर्चेर चार विकेट लिनु नै सिराजको उत्कृष्ट स्पेल थियो । 

श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए ।

यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराह एक विकेट लिए ।

Siraj-1694951154.png

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro