site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकै ओभरमा सिराजले लिए चार विकेट, श्रीलंकाको ब्याटिङ धरापमा

काठमाडौं । एसिया कप–२०२३ को फाइनलमा श्रीलंकाविरुद्ध भारतका मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा जारी खेलको चौथो ओभर बलिङका लागि आएका सिराजले ओभरको पहिलो, तेस्रो, चौथो र छैटौँ बलमा विकेट लिएका हुन् ।

Dabur Nepal
NIC Asia

सिराजले ओभरको पहिलो बलमा पथुम निसांकालाई रवीन्द्र जडेजामार्फत क्याच गराएका थिए । दोस्रो बल डट फालेका सिराजले तेस्रो बलमा सदिरा समराविक्रमालाई एलबीडब्लूको धरापमा पारे ।

सिराजले चौथो बलमा चरिथ असलंकालाई इशान किशनबाट क्याच गराएका थिए । पाँचौ बल चौका भए पनि छैटौँ बलमा सिराजले धनञ्जय डी सिल्भालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए ।

टस जितेर ब्याटिङमा आएको श्रीलंकाले जारी खेलको ४.३ ओभर सकिँदा पाँच विकेट गुमाएर १२ रन बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro