site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा मोरङका अध्यक्षमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गर्ने विराटनगर महानगरपालिकाका नगर प्रहरीलाई कारबाही गर्ने सहमति भएको छ।

घटनाको विरोधमा जसपाले महानगर कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै आएको थियो । 

आन्दोलनकारी र महानगर प्रतिनिधिबीच आइतबार भएको छलफलमा घटनामा संलग्न नगर प्रहरीलाई असोज २ गतेभित्र कारबाही गर्ने सहमति भएको बताइएको छ ।

महानगरका मेयर नागेश कोइरालाले प्रहरीमाथि कारबाही गरिएको विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको जसपा जिल्ला अध्यक्ष यादवले बताए । 

बुधबार सिटी रिक्सामा लक लगाएको विषयमा विवाद भएको थियो । यादवले दोस्रो पटकदेखि नै पार्किङमा रिक्सा नराख्ने सर्त गराएर रिक्सा चालकलाई छाड्न आग्रह गरेका थिए । तर पछि नगर प्रहरी टोलीले उनलाई कठालो समातेर वडा प्रहरी कार्यालय लगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro