site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिलानको पोस्टमा इन्टरको पाँच गोल

काठमाडौं । एसी मिलानविरुद्ध फराकिलो जित निकाल्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । शनिबार सान सिरोमा भएको खेलमा इन्टरले मिलानविरुद्ध ५–१ को सहज जित निकालेको हो ।

इन्टरको जितमा हेनरिक मेखिटार्यानले दुई गोल गरे । मार्कुस थुरम, हकान चाहनोलुले र डेभिड फ्राटेसीले समान एक गोल गरे । मिलानका रफायल लियोले एक गोल फर्काएका थिए ।

पाँचौँ मिनेटमा मेखिटार्यानले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा थुरमले गोल गरेपछि इन्टरले पहिलो हाफमा अग्रतालाई २–० मा पुर्‍यायो । ५७औँ मिनेटमा लियोले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ६९औँ मिनेटमा मेखिटार्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टरले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो ।

७९औँ मिनेटमा चाहनोलुले पेनाल्टी सदुपयोग गर्दै इन्टरको अग्रतालाई ४–१ मा पुर्‍याए । इन्ज्युरी समयमा फ्राटेसीले गोल गरेपछि इन्टरले ५–१ को सहज जित निश्चित गर्‍यो ।

जारी सिजन अपराजित इन्टर चार खेलबाट १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्स इन्टरभन्दा दुई अंकले पछि छ । तेस्रो स्थानको मिलानको चार खेलबाट नौ अंक छ । यो सिजन लिगमा मिलानको यो पहिलो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro