site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनएको अध्यक्षमा श्रेष्ठको उमेदवारी घोषणा

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले दुई वर्षे कार्यकालका लागि पाँच बुँदे नीतिगत योजना सार्वजनिक गरे ।  
    
“सबल, साझा र एकताबद्ध एनआरएनए बनाउने मेरो प्रमुख उद्देश्य हुनेछ । संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु”, उनले भने । संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको उल्लेख गर्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित  एनआरएनए बनाउने दृढता व्यक्त गरे । 

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्नेमात्र होइन, गैरआवासीय नेपालीको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने बताए । 

उनले भने, “संस्था स्थापनादेखि नै प्रवासी नेपालीको मुद्दामा सक्रियतापूर्वक काम गरिरहेको छु । विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

एनआरएनएको ११औँ महाधिवेशन आगामी असोज ३० गतेदेखि कात्तिक ३ सम्म काठमाडौंमा हुँदै छ । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro