site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्राउ परेका दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए 
SkywellSkywell

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रकाउ परेका आरोपीमाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । गएराति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

हत्या आरोपमा प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनको भूमिकामाथि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनी हत्या लगत्तै आफैँ प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतले भन्यो, “उनी हत्यालगत्तै आफ्नो भाइ नवीनको हत्या भयो भन्दै प्रहरी वृत्त बानेश्वर पुगेका हुन् । तर, लुगाभरी रगत र हातमा समेत चोट लागेको देखिएपछि उनलाइ सोधपुछमा राखेका हाैँ ।” 

KFC Island Ad
NIC Asia

gairi-2-1694838617.jpg

प्रहरीका अनुसार दीपेन्द्रका बुबासमेत यसअघि सोही मिलमा काम गरेर छोडेका थिए । त्यही समयदेखि उनी त्यहाँ आवतजावत गर्ने गरेको खुलेको छ । शुक्रबार पनि दीपेन्द्र घटनाअघि नै मिलमा पुगेको देखिएको प्रहरीले बताएको छ ।

Royal Enfield Island Ad

दीपेन्द्रको मोटरसाइकल मिलकै पार्किङमा भेटिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार घटनाअघि दीपेन्द्र र मृतक नवीन राईले वडा कार्यालय ३२ नजिकैको एक पुलहाउसमा सँगै मदिरा पिएको खुलेको छ ।

उनीहरू मदिरा पसलबाट बेलुका १० बजे निस्किएका थिए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाका अनुसार घटना ११ बजेतिर घटेको हो । घटना हुनु केही समयअघि १० बजेर ५३ मिनेटमा दीपेन्द्र राई र नवीन राईबीच फोन सम्र्पक भएको देखिएको एआईजी थापाले जानकारी दिए । जसका कारण घटनामा दीपेन्द्र राईको भूमिका थप शंकास्पद भएको प्रहरीको भनाइ छ । उक्त मिल दोलखाका बालकृष्ण सिवाकोटीले सञ्चालन गरेका थिए ।

जडिबुटी पुगेर रोकियो अनुसन्धानमा खटिएको कुकुर
प्रहरीले घटनास्थलमा सीसीटिभी जडान नभएका कारण अनुसन्धानमा केही समस्या परेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपेन्द्र राईले अझैसम्म हत्या स्वीकार गरेका छैनन् ।

मदिरा पिएका राई अझै मदिराका कारण पूर्ण होसमा छैनन् । प्रहरीले थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । घटनास्थलमा मृतकको शव सुँघाएर छोडिएको कुकुर कोटेश्वर जडिबुटी पुलसम्म पुगेर अल्मलिएको छ ।

gairi-1694838529.jpg

मिल सञ्चालक बालकृष्ण सिवाकोटीले कुमार भुजेल कबिर २० वर्षदेखि आफ्नो मिलमा कामदारको रूपमा बसेको बताए । “मान्छे राम्रो हो । अहिलेसम्म झैझगडा गरेको भन्ने सुनेको छैन । मदिरा सेवन पनि गर्दैन थियो । कसले किन यस्तो हत्या गर्‍यो ?,” शिवाकोटीले भने ।

चारजनाको शव प्रहरीले सुरक्षागार्ड बस्ने कोठाको बाहिर फेला पारेको थियो । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कुमार भुजेलकी आमा शुभद्रा केही दिन अघिमात्रै छोरा भेट्न आएकी थिइन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro