site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस नौमती बाजाजस्तै हो, जनताको मनमा बसिरहन्छ : विश्वप्रकाश शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस ब्यान्ड बाजा नभएर नौमती बाजाजस्तो भएको बताएका छन् ।

झापाको दमकमा पार्टीको क्षेत्र नं ५ को प्रथम क्षेत्रीय सम्मेलनमा शुक्रबार बोल्दै शर्माले भने, “ब्यान्ड बाजामा मानिस एकक्षण रमाउन सक्लान्, तर सधैँ प्रिय लाग्ने बाजा त नौमती नै हो । पञ्चेबाजा नै हो ।”

शर्माले नौमती बाजाजस्तै जनताले बिर्सिन नसक्ने पार्टीको रुपमा कांग्रेस रहेको दाबी गरे ।

“देश बिग्रियो, पार्टी बिग्रियो, नेता बिग्रिए, सभापति भएन, उ भएन वा त्यो भएन, बर्बादै भो भनेर कोकोहोला गर्नुभन्दा आफ्नै ठाउँ, जनताका समस्यासँग नजिक भएर सुख, दुःखमा साथ दिनुपर्छ,” शर्माले भने, “कांग्रेस मुलुकको अभिभावक पार्टी हो । सशस्त्र द्वन्द्वको चपेटाबाट उन्मुक्ति दिलायो । संविधान दिलाउन होस् वा गणतन्त्र ल्याउन कांग्रेसकै नेतृत्वमा सम्भव भयो ।”

कांग्रेसबाट निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिदेखि अन्य कार्यकर्तालाई समेत जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे । जनप्रतिनिधिले काम गर्दा पार्टी नहेरी जनताको सामूहिक स्वार्थलाई केन्द्रमा राख्नुपर्ने उनको सुझाव थियो ।

महामन्त्री शर्माले भ्रष्टाचार मुद्दा लागेका पार्टी नेताहरुलाई बचाउने वा जोगाउने खेलमा कांग्रेस नलाग्ने स्पष्ट पारे । उनले भने, “मुद्दाको किनारा लगाउने अदालत र सम्बन्धित निकाय हुँदाहुँदै शरणार्थीसम्बन्धीका अथवा ललितानिवास वा अरु जो कोही उम्कनु हुँदैन ।”

पार्टी संगठनलाई चलायमान बनाउन आगामी असोजको पहिलो साता बस्ने केन्द्रीय समिति बैठकले थप कार्यक्रमहरु ल्याउने शर्माले बताए ।

कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले सांगठनिक, सामाजिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै तल्लो तहका कार्यकर्तामा रहेको निरासाको सम्बोधन हुनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro