site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झलनाथको चिन्ता– 'सिंहदरबारमा आगो लगाउँछु' भन्दा स्याबास भन्छन्, के हुन लाग्यो देशमा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश बनेको बताए । उनले 'सिंहदरबारमा आगो लगाउँछु' भन्नेहरूलाई जनताले साथ र स्याबासी दिँदै आएको बताए ।

उनले देशको नेतृत्व अकर्मण्य भएको बताए । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आमजनताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरू आकर्षित हुन थालेको पनि बताए । 

"जनता निराश हुँदै छन् । जनता आक्रोशित हुँदै छन् । जनता विद्रोही हुँदै छन् । जनतामा कस्तो भावना आउन थाल्यो भन्दा एउटाले पागलपनका साथ के भन्छ भन्दा मलाई यस्तो गर्ने, म तेरो सिंहदरबारमा आगो लगाउँछु भन्छ । आधा घण्टामा ३० हजारले लाइक गरे । कस्तो अचम्म । स्याबास गर्छन् सिंहदरबार जलाउँछु भन्दा । कस्तो मनस्थिति पैदा हुन थाल्यो देशमा ?," खनालले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro