site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकारका समस्या समाधानमा सञ्चारगृह गम्भीर भएनन्, महासंघ भन्छ– अब संघर्ष गर्छौं

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधानमा सञ्चारगृह गम्भीर र जिम्मेवार नभएकोप्रति खेद व्यक्त गरेको छ । सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले खेद व्यक्त गरेको हो । 

बैठक महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको थियो । 
कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपीवान टेलिभिजन र ग्यालेक्सी फोर के टेलिभिजनलगायतका सञ्चारगृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

“पटकपटकको पत्राचार, संवाद, वार्ता तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत श्रमजीवी पत्रकारको समस्या समाधानमा सञ्चारगृह गम्भीर र जिम्मेवार नभएकोप्रति बैठक खेद व्यक्त गर्दै समयमै ती समस्याहरूको सुनुवाइ नभए ती सञ्चारगृहविरुद्ध आवश्यकताअनुसार दबाबमूलक संघर्षका कार्यक्रमहरू चलाउने निणर्य गरेको छ,” विज्ञप्तिमा भनिएको छ । 

दसैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलबविहीन बन्नुपर्दाको अवस्थालाई लिएर बैठकले गम्भीर छलफल गरेको जनाइएको छ । 

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारको तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्रकारमाथि भइरहेको अन्याय झनझन चुलिइदै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । 

“दसैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न बैठक सबै मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

बैठकले श्रमजीवी पत्रकारका समस्यालाई थप गम्भीर र जटिल बन्न नदिन महासंघका केन्द्र, प्रदेश र शाखाहरूमार्फत श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका सवालमा भइरहेको क्रियापकलापको मिडिया अनुगमन गर्ने निणर्य गरेको छ । 

ऐन कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निणर्यसमेत बैठकले गरेको छ । सोअनुसार बैठकले जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध तत्काल दबाबमूलक संघर्ष अघि बढाउने निणर्य गरेको छ । 

“महासंघ सम्पूर्ण शाखा, एसोसियट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन बैठक आग्रह गर्दछ,” महासंघले आह्वान गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro