site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यविभाजनले एकीकृत समाजवादीमा असन्तुष्टि, दुई केन्द्रीय सदस्यले छाडे पार्टी 

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा नयाँ कार्यविभाजनले विवाद निम्त्याएको छ । 

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन (अपानी)ले विवाद निम्त्याएको हो । 

एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । 

यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको नेपालले जारी गरेको अपानिमा उल्लेख छ । 

कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् । 

दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन् ।  

“राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन तर आजका मितिदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको सक्रिय राजनिीतिबाट विश्राम लिने निर्णय गरियो,” उनले फेसबुकमा लेखेकी छन् । 

त्यस्तै लुम्बिनी प्रदेशसको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी नेताहरूलाई गराएका छन् । 

पार्टी एक नेताका अनुसार नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेका छन् । निर्णय सच्याउन पार्टीमा नेताहरूले दबाब दिइरहेका छन् । 

“पहिले इन्चार्ज भएकाहरूलाई सहइन्चार्ज बनाइएको छ । केहीको जिम्मेवारीबाट हटाइएको छ । नयाँलाई जिम्मेवारी तोकिएको छ,” एक केन्द्रीय नेताले बाह्रखरीसँग भने, “एकलौटी ढंगले निर्णय गरिएकोमा असन्तुष्टि हो । निर्णय सच्याउनुपर्छ ।” 

एकलौटी ढंगले निर्णय गरिएको भन्दै सम्मानित नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । खनालले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको उनी निकट नेताले जानकारी दिए । 

त्यस्तै, अध्यक्ष नेपालका स्वकीय सचिवसमेत रहेका नेता मोहन गौतमले नमिलेका विषय सच्याउन सकिने बताएका छन् ।

उनले निर्णय सच्याउन नेतृत्वलाई आग्रह पनि गरेका छन् । चित्त नबुझेका कुरा पार्टी कमिटीमा राख्न समेत आग्रह गरेका छन् । 

“अपानि भनेको तत् समयको कामको निर्देशन र विन्यास हो, यसमा केही नमिलेका विषयहरू स्थापित विधिमार्फत नै सच्याउन पनि सकिन्छ । यस्तै मनोनयनमा पनि कमजोरी हुनसक्छन् । हामी महाधिवेशनको सम्मुख छौँ र धेरै विषय (नीति र नेतृत्वसहित)को फैसला महाधिवेशनले गर्ने नै छ,” उनले फेसबुकमा लेखेका छन्, “अतः चित्त नबुझेका विषयहरू पद्दतिसंगत रूपमा कमिटी वा पार्टीका फोरमहरूमा राखौं । महाधिवेशनबाट नयाँ ढंगले समाजवादी आन्दोलन अघि बढाउने दृढतासहित बहसको आरम्भ गरौं र सोही अनुसारको संगठन बनाऔं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro