site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले सदनमा भने– सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग बनाउने प्रक्रिया अघि बढ्यो 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अवैध सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढाइएको जानकारी गराएका छन् । 

प्रचण्डले शुक्रबार आफ्नो न्युर्योक र चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै  यस सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको जानकारी गराए । 

Argakhachi Cement Island Ad

“अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ,” उनले भने, “यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आायोग बनाउने प्रक्रिया अघि बढेकोसमेत सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।”

दलहरुबीच सीआईबीले अनुसन्धान पूरा गरेपछि उच्च स्तरीय आयोग बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्