site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
दीपक–दीपाको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आउँदै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आजबाट सञ्चालनमा आउने भएको छ । 

कलाकार दीपकराज गिरीका अनुसार आज बिहान ८ बजे आईएनआई सिनेमा हल उद्घाटन गरेपछि सिनेमा घर सञ्चालनमा आउनेछ । आजबाट प्रदर्शनमा आएका दुई नेपाली सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने दीपकले बताएका छन् । 

Dabur nepal
Agni Group

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्दै छ ।  

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः आजबाट सञ्चालनमा आउने भएको हो ।   

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।  

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ । 

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माणलागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu