site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एभरेष्ट बैंक र ओम अस्पतालबीच छुटसम्बन्धी सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चाबहिलको ओम अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । योसँगै एभरेष्ट बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालका सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कर्मचारी र उनीहरूका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आईपीडी–डाइगोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् ।

एभरेष्ट बैंकले १२७ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय