राजनीति
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।
उनको निजी निवास बालुवाटारबाट सुरु शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १०:५१
प्रतिक्रिया दिनुहोस्