site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ : झलनाथ खनाल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन् । 

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए । सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे ।

यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरू मोर्चामा आवद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए । 

उनले भने, "संघीयता अहिले पनि प्रयोगको कुरा हो, प्रयोगमा छ, यसलाई सफल गर्न सक्नुपर्छ । देशको आवश्यकता हो, प्रयोग गरेर सफल गर्न सक्नुपर्छ, देशको आवश्यकता होइन भने आफैँ भोलि तपाईं हामीले चाहे पनि नचाहे पनि त्यो समाप्त हुन्छ । हामीले यसको विस्तारै समीक्षा गर्नुपर्छ । कतिपय कुरामा केही कुरामा नयाँ ढंगले सोच्नुपर्छ की भन्ने कुरा आइरहेको छ । यतिबेलै संघीयताको बारेमा नयाँ ढंगले सोच्ने स्थिति भएको छैन ।"

पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro