site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा वर्षेनी हजार बढीले सर्पदंशका कारण ज्यान गुमाउँछन्, सेनाले २० वर्षमा एक लाखको गर्‍यो उपचार 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा वर्षेनि कति जनालाई सर्पले टोक्छ ? सर्पको टोकाइबाट कति जनाको मृत्यु हुन्छ ? यी प्रश्नको ठ्याक्कै जवाफ भेटिँदैन । फरक समयमा गरिएका फरक अनुसन्धानले भिन्दाभिन्दै तथ्य देखाउँछन् । 
सरोकारवाला निकायसँग पनि यी प्रश्नको जवाफ ‘यही हो’ भन्ने छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वाथ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, स्थानीय तहलगायतले सर्पले टोकेका व्यक्ति, उपचार र मृत्यु हुनेको विवरण राख्ने काम गर्दै आएका छन् ।

यी निकायले आ–आफ्नै तरिकाले तथ्याङ्क राखेका छन् ।  यिनले राखेका तथ्याङ्क एकआपसमा कति समान वा फरक छन् छुट्याउन सकिँदैन ।  यसैकारण वर्षेनी नेपालमा सर्पले कति जनालाई टोक्छ र टोकाईबाट कति जनाको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क भेटिँदैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालमा ९० प्रजातिका सर्प पाइन्छन्, जसमध्ये १७ देखि २० प्रजातिका सर्प विषालु छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा (ईडीसीडी) र नेपाली सेनासँग भएको तथ्याङ्क तर्साउने खालको छ । 

सेनाको तथ्याङ्क

Royal Enfield Island Ad

सेनाको तथ्याङ्कले भन्छ– २०६० सालदेखि २०८० भदौ १० गतेसम्मको अवधिमा सेनाले मात्र सर्पले टोकेका एक लाख १६ हजार ३ सय ५१ जनाको उपचार गरेको छ ।  जसमध्ये सबैभन्दा धेरै महोत्तरीमा ३० हजार १२ जना छन् ।

“नेपाली सेनाले १८ वटा जिल्लामा २३ वटा सर्पदंश उपचार केन्द्रहरु सञ्चालन गरेको छ,” नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बाह्रखरीसँग भने, “केन्द्रहरुमा सर्पले टोकेपछि उपचार गर्न आउनेको संख्या वर्षेनी निकै ठूलो हुने गरेको छ ।”

सेनाले पछिल्लो आर्थिक वर्ष २०७९–८० मा मात्र सर्पले टोकेका ६ हजार ४६७ जनाको उपचार गरेको थियो ।  सेनाको उपचारबाहेक अन्य स्थानमा उपचार गर्न जानेको संख्या यसमा जोडिएको छैन ।  नेपाली सेनाले २०६० बाट झापा र कपिलवस्तुबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सुरु गरेको हो । यो १८ जिल्लाका २३ वटा स्थानमा विस्तार भएको छ । 

“सुरुमा स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा यस्ता केन्द्र सञ्चालन गरिएको थियो । त्यसपछि विस्तारै सर्प प्रभावित जिल्लाहरुमा विस्तार गरिएको हो,” सैनिक प्रवक्ता भण्डारीले भने । 

सेनाका अनुसार, देशभर रहेका सर्पदंश उपचार केन्द्रमध्ये ५ वटा नेपाली सेनाको पूर्ण स्वामित्वमा छन् । चार वटा केन्द्रमा स्थानीय र नेपाली सेनाको सहकार्य छ । बाँकी रहेका १४ वटा केन्द्रमा स्थानीय निकाय, जनस्वास्थ्य कार्यालय र सेनाको संयुक्त सहकार्यमा सञ्चालित छन् । 

२०७१ सालमा महोत्तरीमा स्थापित केन्द्रमा सबैभन्दा बढी उपचार गर्न आउँछन् ।

तथ्याङ्कमा सर्पको टोकाइ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क अनुसार पछिल्लो १४ वर्षमा १ लाख २८ हजार ६४३ जनालाई सर्पले टोकोको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०६५–६६ देखि २०७८–७९ सम्मको हो ।

ईडीसीडीको जुनोटिक र अन्य संक्रामक रोग नियन्त्रण शाखााका प्रमुख डा. हेमन्तचन्द्र ओझाका अनुसार, पछिल्लो १४ वर्षमा सबैभन्दा बढी १८ हजार २०४ जनालाई आर्थिक वर्ष २०६७–६८ मा सर्पले टोकेको थियो । यो अवधिमा सबैभन्दा कम आर्थिक वर्ष २०७२–७३ मा ३ हजार २६८ जनालाई सर्पले टोकेको थियो । 

ईडीसीडीको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०६५–६६ मा १३ हजार १७, २०६६–६७ मा १७ हजार १६३, २०६७–७८ मा १८ हजार २०४, २०६८–६९ मा १४ हजार ७६८, २०६९–७० मा १४ हजार ३२९ र २०७०–७१ मा ५ हजार १४३ जनालाई सर्पले टोकेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७१–७२ मा ४ हजार १२८, २०७२–७३ मा ३ हजार २६८, २०७३–७४ मा ६ हजार १२१, २०७४–७५मा ५ हजार ६०६, २०७५–७६ मा ४ हजार ५६७, २०७६–७७ मा ५ हजार ८१, २०७७–७८ मा ७ हजार ९०२ र २०७८–७९ मा ९ हजार ३४६ जनालाई सर्पले टोकेको रेकर्ड ईडीसीडीको छ । 

स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनमा नेपालमा वर्षेनी १५ हजार जनालाई सर्पले टोक्ने उल्लेख छ ।  यीमध्ये १० प्रतिशतलाई विषालु सर्पले टोक्ने गरेको छ ।  विषालु सर्पले टोकेकामध्ये १० प्रतिशतको मृत्यु हुने गर्छ । 
प्रतिवेदनमा नेपालका २६ वटा जिल्लालाई सबैभन्दा बढी सर्प प्रभावित जिल्लामा राखिएको छ  । नेपाली सेनाले सञ्चालन गरेकोसमेत गरी देशभर ८८ वटा सर्पदंश उपचार केन्द्रहरु छन् । 

विश्व स्वास्थ्य संगठन 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्क बेग्लै छ । डब्लुएचओका अनुसार नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको छ ।  सर्पको टोकाइकै कारण नेपालमा वर्षेनी एक हजार जनाभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । 

डब्लुएचओले सन् २०३० सम्म सर्पको टोकाईबाट हुने विश्वव्यापी मृत्यु तथा अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।  नेपालको तथ्याङ्कले भने डब्लुएचओको लक्ष्य भेटाउने देखिंदैन । 

अन्य अध्ययनले के भन्छन् ? 

नेसनल लाइब्रेरी अफ मेडिसिनले पनि नेपालमा सर्पको टोकाई र यसबाट हुने मृत्युका विषयमा अध्ययन गरेको थियो ।  उक्त अध्ययन प्रतिवेदनमा नेपालमा वर्षेनी ३ हजारभन्दा मानिसको मृत्यु सर्पको टोकाइबाट हुने उल्लेख छ । सर्पले वर्षेनी ४० हजारभन्दा बढीलाई टोक्ने गरेको तथ्य प्रतिवेदनमा राखिएको छ । 

प्रतिवेदनमा सन् २०२२ मा मात्र नेपालमा ३७ हजार ६६१ जनालाई सर्पले टोकेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित जिल्ला 

नेपाली सेनाका अनुसार, पछिल्लो एक दशकमा सर्पले टोकेका सबैभन्दा बढी मानिसको उपचार महोत्तरीमा भएको छ । यो अवधिमा महोत्तरीमा ३० हजार १२ जनालाई सेनाले उपचार गरेको छ । 

सर्पले टोकेपछि उपचार गर्न आउने दोस्रो ठूलो संख्या झापामा १९ हजार ८१६ रहेको छ । पछिल्लो दुई दशकमा झापामा उक्त संख्याले सर्पदंशको उपचार लिएका हुन् । बितेको दुई दशकमा कपिलवस्तुमा १९ हजार ४२७ जनाको उपचार सेनलो गरेको छ । 

यस्तै, सुनसरीमा १४ हजार ३६४, नवलपरासीमा ७ हजार ४२३, सर्लाहीमा ६ हजार ७६८ र सिरहामा ३ हजार ७७६ जनाको उपचार सेनाले गरेको छ ।

विश्वको अवस्था 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सर्पले ४५ लाख देखि ५५ लाख मानिसलाई टोक्ने गर्छ । 

सर्पले टोकेकामध्ये १८ लाख देखि २७ मानिस उपचारको लागि अस्पताल भर्ना हुने गर्छन् । सर्पको टोकाईबाट वर्षेनी विश्वमा ८१ हजार देखि १ लाख ३८ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क डब्लुएचओको छ ।  सर्पले टोक्ने अधिकांस घटना अफ्रिका, एसिया र ल्याटिन अमेरिकी राष्ट्रमा हुने गरेका छन् । 

डब्लुएचओका अनुसार एसियामा मात्र वर्षमा २० लाखभन्दा बढीलाई सर्पले टोक्ने गरेको छ । अफ्रिकामा सर्पले टोकेकामध्ये ४ लाख ३५ हजारदेखि ५ लाख ८० सम्मलाई वर्षेनी उपचारको आवश्यकता हुने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro