site stats
बाह्रखरी :: Baahrakhari
देश
कुटपिट गरेर २० लाखको चेक र साढे ८ लाखको कागज बनाएको आरोपमा पक्राउ

काठमाडौं । धम्की तथा कुटपिट गरेर जबरजस्ती २० लाख रुपियाँको चेक र साढे आठ लाख रुपियाँको कागज गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठ रहेका छन् । उनलाई काँडाघारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ २० गते सुरजसहित केही व्यक्तिले काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई राखेर बोल्नै नदिएर बोलेमा ज्यान लिनेसम्मको धम्की दिएका थिए । त्यसक्रममा उनीहरूले कुटपिट गरी जबरजस्ती २० लाख रुपियाँको चेक र साढे आठ लाख रुपियाँको कागज गराएका थिए । 

Argakhachi Cement Island Ad

प्रहरीले आज आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको । सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनी जबरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । साथै गुन्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्