site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको पार्थिव शरीरमा ओढाइयो राष्ट्रिय र पार्टीको झन्डा (तस्बिरहरू)
Tiktok banner adTiktok banner ad

काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा भण्डारीले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

Bidhya-flag-nemwang1-1694503719.jpgnemwang-oli-1694503720.jpg

नेम्वाङको पार्थिव शरीर च्यासलको तुल्सीलाल हलमा श्रद्धाञ्जलीका लागि राखिएको छ । एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

nemwang-olprakash-mahat-1694503721.jpg

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए । “असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ,” ज्ञवालीले भने ।

Bidhya-flag-nemwang2-1694503720.jpg

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरिसकेको छ । सोहीअनुसार नेपाली सेनाको टोलीले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासल पु¥याएको थियो ।

नेम्वाङको आज बिहान निधन भएको हो । आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट नेम्वाङलाई राजकीय सम्मान र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले राजकीय सम्मान दिने निर्णय गरेपछि पार्थिव शरीर व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको हो ।

Nemwang-nidhan2-1694504251.jpg

Nemwang-nidhan1-1694504248.jpg

Nemwang-nidhan-1694504248.jpg

Nemwang-nidhan3-1694504251.jpg

Nemwang-nidhan5-1694504254.jpg

Nemwang-nidhan7-1694504257.jpg

Nemwang-nidhan4-1694504254.jpg

Nemwang-nidhan6-1694504257.jpg

Nemwang-nidhan9-1694504260.jpg

Nemwang-nidhan8-1694504260.jpg

Nemwang-nidhan11-1694504263.jpg

Nemwang-nidhan10-1694504263.jpg

Nemwang-nidhan13-1694504266.jpg

Nemwang-nidhan12-1694504266.jpg

Nemwang-nidhan15-1694504269.jpg

Nemwang-nidhan14-1694504269.jpg

Nemwang-nidhan17-1694504272.jpg

Nemwang-nidhan16-1694504272.jpg

Nemwang-nidhan18-1694504275.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro