site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पराजुली बाह्रखरी डटकमका पूर्वसहकर्मीसमेत हुन् ।

साहित्यमा विशेष रुचि राख्ने पराजुलीका दर्जनौँ कथा त्यतिकै कृति पनि प्रकाशित छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन्

पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्