site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको सामुन्ने परराष्ट्र र श्रम मन्त्रालयका पदाधिकारीबीच आरोप प्रत्यारोप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु सोमबार विदेशस्थित नेपाली नियोगका प्रमुख र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारीबीच आरोप प्रत्यारोप चल्यो ।

श्रम मन्त्रालयले आयोजना गरेको ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयक दुई दिने छलफल कार्यक्रममा आरोप प्रत्यारोप चलेको हो ।  

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन र मानव तस्करी रोक्ने उदेश्यले विदेशस्थित नेपाली १३ वटा नियोगका प्रमुखलाई काठमाडौं बोलाएका थिए ।

Dabur Nepal
NIC Asia

सोमबार काठमाडौंमा भएको छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले करिब तीन घण्टा बिताएका थिए ।

उनले सुरुमै वैदेशिक रोजगारीमा जाने जनताले अब दुःख पाउन नहुने र त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

“जनताले धेरै दुःख पाए । अब हामीले केही डेलिभरी दिनुपर्छ । जनतालाई हामी केही गर्दैछौँ भन्ने सन्देश दिनुपर्छ,” कार्यक्रममा उपस्थित एकजना सहभागीले प्रधानमन्त्रीको भनाई उद्वृत गर्दै बाह्रखरीसँग भने, “जसरी हुन्छ मानवतस्करी रोक्नुपर्छ र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्छ ।”

सोमबारको छलफलमा श्रम मन्त्रालयका पदाधिकारीले वैदेशिक रोजगारीका विषयलाई लिएर बारम्बार परराष्ट्र मन्त्रालय र अन्तर्गतका नियोगहरूलाई पत्राचार गर्दा त्यसको कुनै जवाफ नदिने गरेको आरोप लगाएका थिए ।

परराष्ट्र र नियोगले जवाफ नदिँदा कयौँ कामहरू रोकिने, ढिला हुने गरेको र अन्तत जनताले दुःख पाउने गरेको श्रमका पदाधिकारीले बताएका थिए ।

विशेषगरी ‘डिमाण्ड लेटर’का विषयमा पत्रकार गर्दा परराष्ट्र र नियोगले जवाफ नदिने तथा ढिलाइ गर्ने गरेको आरोप श्रमका पदाधिकारीको थियो ।

श्रमका पदाधिकारीले आरोपको खण्डन गर्दै परराष्ट र नियोगका प्रमुखहरूले नियत राखेर कुनै काम ढिला नगरिएको बताएका थिए ।

श्रमले कुनै एक नियोगसँग पत्रचार गरे पनि ती विषय सबै नियोगसँग सम्बन्धित हुने र सबैलाई सम्बोधन गरी निर्णय लिनुपर्ने भएकोले कहिलेकाहीँ जवाफ पठाउँदा ढिला हुने गरेको परराष्ट्रका पदाधिकारी तथा नियोग प्रमुखले जनाएका थिए ।

श्रम र परराष्ट्रका पदाधिकारीबीच आरोप प्रत्यारोप चल्दा प्रधानमन्त्री प्रचण्ड धैर्यताका साथ सुनिरहेका थिए ।

सोमबार १३ वटा नियोगका प्रमुखहरूले वैदेशिक रोजगारीका विषयमा आफूले भोगेका समस्या, त्यसको व्यवस्थापन र समाधनका विषयमा छुट्टाछुट्टै प्रिजेन्टेसन् गरेका थिए ।

सोमबारको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र सचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य राष्ट्रस्थित १३ वटा नियोगका प्रमुख (राजदूत र महावाणिज्यदूत) सहभागी थिए ।

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्नका लागि मंगलबार पनि छलफल हुने जनाइएको छ । मंगलबारको कार्यक्रममा पनि प्रधानमन्त्री उपस्थित हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro