site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘किओच’ लाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

काठमाडौं । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो । 

यसै क्रममा काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनबाट एक करोड असी लाखको सहयोग प्राप्त भएको किओचले जनाएको छ ।  यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । 

यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियुलगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । 

सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८ हजार ३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १ हजार ८५० भन्दा वढी बालबालिकालाई पुर्‍याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेको संस्थाले जनाएको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पतालको निर्माण कार्य शुरु भई जग निर्माणको कार्य जारी रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro