site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाका कारण सुरु हुन सकेन भारत र पाकिस्तानबीचको खेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । वर्षाका कारण एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको सुपर फोरको खेल अझै सुरु हुन सकेको छैन ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा दिउँसो ३ः१५ देखि पुनः सुरु हुने तालिका रहे पनि भारी वर्षाका कारण मैदान खेल्न योग्य नरहेपछि खेल सुरु हुन नसकेको हो ।

यी दुई टिमबीचको खेल आइतबार हुने तालिका रहे पनि वर्षाका कारण सम्भव नभएपछि रिजर्भ डेका लागि सारिएको थियो ।

आइतबार टस हारेर ब्याटिङमा आएको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए ।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए ।

सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ । भारतको भने सुपर फोरमा यो पहिलो खेल हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro