site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई युवा उद्यमीले किने सुन्दर यातायातको ४९ प्रतिशत सेयर

काठमाडौं । नेपालको विद्युतीय सवारी कम्पनी सुन्दर यातायातको ४९ प्रतिशत सेयर दुई युवा उद्यमीले खरिद गरेका छन् । यूएईको दुबई र हङकङमा व्यवसाय गरिरहेका अर्का उद्यमीलाई सुन्दर यातायातको ३८ करोड ९२ लाख रुपैयाँको सेयर बिक्री गरिएको हो ।

दुबईमा नेपाल मोबाइल हाउस र होटेल व्यवसाय गर्दै आएका स्याङ्जाका विशाल पण्डित र नेपालबाट पहिलोपटक हङकङमा हस्तकला निर्यात गर्नेमध्येका रुपन्देहीका व्यवसायी हर्क गुरुङले संयुक्त रूपमा कम्पनीको सेयर किनेका हुन् । पण्डितको मोबाइल हाउस व्यवसाय मकाउ, जर्मनी, कतारलगायत ६ देशमा फैलिएको छ । गुरुङले हङकङमा व्यवसाय गर्दै आएका छन् ।

Dabur Nepal
NIC Asia

उनीहरूले सुन्दर यातायातको मुख्य कम्पनीकै सेयर किनेका हुन् । सोही कारण उनीहरूले तीनै कम्पनी (सुन्दर यातायात, सुन्दर अटो इन्जिनियरिङ र सुन्दर ट्रेडर्स)को ४९ प्रतिशत सेयर स्वामित्व पाएको कम्पनीले जनाएको छ ।

सार्वजनिक विद्युतीय सवारीसाधन चलाइरहेको, दुईपांग्रे विद्युतीय सवारीको व्यापार गरिरहेको र नेपालमै पहिलोपटक चेसिस निर्मित विद्युतीय बाइक उत्पादन गरेको कम्पनीले व्यवसाय थप विस्तार गर्ने जनाएको छ ।

हाल कम्पनीका विभिन्न ६ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन छन् । चार्जिङ स्टेसनको संख्या अझै बढाउँदै लैजाने र नेपालमै दुईपांग्रे विद्युतीय सवारीसाधन उत्पादन एवं एसेम्बलको कामलाई तीव्रता दिइने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro