site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा सहर र छिमेकी राज्य सान्टा क्याटारिना प्रभापित भएको छ । त्यहाँका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो ।

तीमध्ये एकजनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो । जहाँ २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सबैभन्दा बढी प्रभावित सहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ ।

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने सरकारको योजना को घोषणा गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जलवायु परिवर्तनका परिणामहरूको सामना गर्न आवश्यक चरम मौसमी घटनालाई वातावरणीय एजेन्डासँग जोडेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro