site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निरंकुश राजतन्त्रका दलालले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकरी हाने : प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ आरोप लगाएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले यो घटनाबाट सबै सचेत हुनुपर्नेमा जोड दिए ।

“निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन । यसबाट तपाईं–हामी सचेत हुनैपर्छ,” उनले भने ।

केही समययता सामाजिक सञ्जालमा प्रतिक्रान्तिकारीको मनोबल बढेको उनले बताए । हेर्नै नसकिने चित्रहरू सामाजिक सञ्जालमा राखिएको उनले गुनासो गरे ।

“सोसल मिडियामा सुन्नै नसकिने, चित्र हेर्‍यो भने हेर्नै नसकिने, लाजैमर्दो हेर्न परिराखेको छ,” उनले भने, “किनकि, हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल हुँदो रहेछ ।”

उनले लाखौँ जनतालाई सडकमा उतार्ने विषय दोहोर्‍याए । राष्ट्रियता, जनजीविकाका विषयमा जनतालाई सडकमा उतारेर ‘राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने’ उनको भनाइ छ ।

प्रचण्डले समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको जिकिर गरे । “समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro