site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपीको समाजवाद व्यवहारमा लागु हुन सकेन : शेखर कोइराला
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपीको समाजवाद व्यवहारमा लागु हुन नसकेको बताएका छन् । ११०औँ बीपी जयन्तीका अवसरमा आइतबार चितवनमा आयोजित बीपीको सालिक अनावरण तथा वृक्षरोपण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बीपीले भनेजस्तो गरिब असहाय र समाजमा पछाडि परेकाहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था हुन नसकेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

अग्रज नेताहरूको सम्झनामा बनाइएका कतिपय सालिक आन्दोलनका क्रममा तोडफोड गरिएको उनले बताए । सालिकहरूको संरक्षण गर्नका लागि अभिलेख राख्न जरुरी रहेको उनले औँल्याए ।

नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको बताए । पारदर्शिता तथा जवाफदेहिता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको उनले सुनाए । अहिले कांग्रेस यो कुराबाट कतै विचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिका–३ स्थित बीपी शान्ति वनमा ३५ लाख रुपैयाँको लागतमा उक्त सालिक निर्माण गरिएको हो । सो स्थानमा ०५३ सालमा ढलोटको पूर्णकदको सालिक बनाइएको थियो । तर, त्यो तोडफोड गरिएपछि अहिले नयाँ सालिक निर्माण गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu