site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा अटो शो : १५ लाखका ईभी, टेस्लादेखि महंगा गाडी प्रदर्शनीमा 

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटोसो’ हुँदैछ ।  विगत तीन वर्ष रोकिएको नाडा अटो शोमा यसपटक विद्युतीय एवम् पेट्रोलियम गाडी, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, ब्याट्री र एसेसरिजलगायतको प्रदर्शनी रहनेछ ।

तर, अटो शोमा सबैभन्दा रोचक र आकर्षण भने विद्युतीय सवारीसाधनमा केन्द्रित रहने ठानिएको छ । ६ दिनसम्म चल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यो १५औं संस्करण हो । झण्डै एक लाखले अवलोकन गर्ने र २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको अटो शो मा विभिन्न ब्रान्डका नयाँ सवारीसाधनहरु सार्वजनिक हुँदैछन् ।

१२० वटा स्टल रहने अटो शो मा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ ब्रान्डका दुई पाङ्ग्रे र ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल रहने नाडाले बताएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले यस पटकको सोमा ऐतिहासिकरुपमा नयाँ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन सार्वजनिक हुने बताएका छन् ।

Dabur Nepal
NIC Asia

उनले भने, “अहिले ऐतिहासिकरुपमा सबैभन्दा बढी सवारीसाधन लञ्च हुन्छ । यस पटक नयाँ मोडलहरु र नयाँ प्रडक्टहरु पनि लञ्च भइरहेको छ । अटो शो मा नयाँ सहभागी हुनेको संख्या पनि धेरै छ ।”

नाडा अटो शोले केही नयाँ अपेक्षा जगाउने अपेक्षा उनले गरेका छन् । 

“बैंकहरु पनि निकै उत्साही छन् । हामीले अटोमोबाइललाई अलि सहजरुपमा गर्छाैँ भन्ने कुरा उहाँहरुको पनि छ । धेरै बैंक वित्तीय संस्था सहभागी हुन खोजेका छन् र व्यवसायी पनि मिलेर धेरै ठूलो अफर लिएर आइरहेका छन् यो पटक,” उनले भने ।

बैंकले सहज ब्याजदर र व्यवसायीले बिशेष अफर ल्याएका कारण राम्रो व्यापार हुने हुने विश्वास छ । “यो पटक लामो समयपछि अटो शो हुँदैछ । ठूलो अफरहरु र इतिहासमा सबैभन्दा ठूलो अफर यसपटक कम्पनीहरुले दिँदैछन् । त्यसैले अहिले नै लिए पनि वा भविष्यमा लिए पनि एक पटक भिजिट गर्न हाम्रो अनुरोध छ,” उनले भने ।

कुन कम्पनीको कस्तो ईभी आउँदैछ ?

सेरेस ईभी : एमडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा सबैभन्दा उच्च आकर्षणको विद्युतीय गाडी(ईभी) सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले १५ लाख नेपाली रुपैयाँ आसपासमा सुरुवाती मूल्य रहने सेरेस ई–१ मोडलको गाडी सार्वजनिक गर्ने तयारी गरेको छ ।

चीन, इन्डोनेसियालगायत देशमा सार्वजनिक भइसकेको यो गाडीले मूल्यका हिसाबले नेपालमा आर्कषण पाउने देखिएको छ ।  सेरेस मिनी ईभी बेस र टप गरी दुई भेरियन्ट बजारमा आउँदैछ । यस्तै कम्पनीले ५० लाख रुपैयाँ आसपासमा सुरुवाती मूल्य रहने सेरेस ब्रान्डकै अर्काे ईभी सेरेस–३ ईभी पनि नाडा अटो शोमै सार्वजनिक गर्ने भएको छ । 

यो गाडीको पनि कम्फर्ट र प्रिमियम गरी दुई वटा भेरियन्ट रहेको छ ।

टेस्ला जित्ने नेटा

नेपालमा नेटाको आधिकारीक वितरक सीजी मोटर्सले नाडा अटो शोमा महत्वपूर्ण आर्कषणको ईभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले नेटाका तीन नयाँ मोडलका गाडी सार्वजनिक गरिरहेको छ । अटो शो मा करिब ६ सय किलोमिटर रेन्जको ‘नेटा जीटी’ र ६१० किलोमिटर रेन्जको ‘नेटा यू प्रो’ ईभी सार्वजनिक हुँदैछ ।

सबैभन्दा आकर्षणका रुपमा कम्पनीले ‘नेटा एस’ ईभी सार्वजनिक गरिरहेको छ ।  ११०० किलोमिटर रेन्ज रहेको यो गाडी हाल नेपालमा उपलब्ध टेस्लाको टप भेरियन्ट भन्दा महँगो हुने कम्पनी स्रोतको दाबी छ । यसअघि नेपाली बजारमा नेटाको ‘नेटा भी’ ईभी रहेको छ ।

बीवाईडीको डल्फिन

अर्काे ईभी ब्रान्ड बीवाईडीले पनि नेपालमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।  हाल फोटो र विशेष अभियान सञ्चालनमा राखेको बीवाईडीले ‘डल्फिन’ मोडलको ईभी सार्वजनिक गर्ने बताएको छ ।

फोटोमा हेर्दा स्टालिइस देखिने बीवाईडी डल्फिन ईभीको मूल्य, फिचर र भेरियन्ट भने नाडा अटोसोमा सार्वजनिक भएपछि नै थाहा हुनेछ । बीवाईडीको अट्टो ३ र ई ५ ईभी पहिलेदेखि नै बजारमा रहेको छ ।

स्काईवेलको प्रिमियम एसयूभी

नाडा अटो शोमा जी मोटर्सले नयाँ ईभी ब्रान्ड भित्र्याइरहेको छ । कम्पनीले स्काईवेल ब्रान्ड नेपाल भित्र्याइरहेको हो । ६२० किलोमिटर रेन्ज भएको ‘स्काईवेल ईटी–५’ प्रिमियम एसयूभी ईभी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने भनिएको यो गाडीको मूल्य भने अटो शोमै सार्वजनिक गरिने छ । यसबाहेक पहिलेदेखि नै बजारमा रहेका ईभी ब्रान्डहरुले आफ्ना गाडीमा बिशेष छुट र आर्कषक अफरहरु ल्याएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro