site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

नेपाली समाजमा हतियार बोकेर हिँड्ने चलन छैन । गाउँमा केही दशक पहिलेसम्म सिकार खेल्ने सौखिनहरूले हतियारका नाममा प्रायः भरुवा बन्दुक बोकेर हिँड्थे । त्यस्ता बन्दुक पनि राज्यका निकायमा दर्ता भने गर्नुपर्थ्यो । 

केही वर्ष यता भने विशेषगरी माओवादीको सशस्त्र विद्रोहपछि नेपालमा अवैध हतियारको बिगबिगी बढेको देखिएको छ । अहिले प्रहरीले बरामद गरेको हरियारको सङ्ख्यामात्रै पनि निकै बढी छ । प्रहरीको नजरमा नपरेका हतियारको सङ्ख्या त झन् धेरै हुनुपर्छ ।

Dabur nepal
Agni Group

यस्ता हतियारमा पनि धेरैजसो पेस्तोल, रिभल्भरहरू धेरै रहेकाछन् । राजधानी उपत्यका र तराईका विभिन्न जिल्लामा अवैध साना हतियार प्रयोग गरेर अपराध गरिएका घटना सार्वजनिक भएका छन् । यदाकदा त जघन्य अपराधसमेत हुनेगरेको पाइन्छ ।

यसरी साना अवैध हतियार छ्याप्छ्याप्ती पाइनुले नेपालमा अपराध त बढेको छ नै  कतै हतियार तस्करीको केन्द्र बनाइएको त छैन भन्ने आशङ्का पनि उब्जेको छ । प्रहरीको तथ्याङ्कअनुसार तीन वर्षमा २६ वटा अमेरिकनसहित २१४ पेस्तोलमात्र बरामद भएको छ ।

अहिले छ्याप्छ्याती भएका हतियारमा ‘खोलाले बगाएका’ हातहतियार कति छन् भन्ने त सायद आधिकारिक तथ्याङ्क पनि नहोला । तर, विस्तृत शान्ति सम्झौतापछिका वर्षहरूमा हतियारसहित समातिने वा अपराधमा संलग्न हुनेमा अपेक्षाकृत माओवादी लडाकुको सङ्ख्या धेरै नै देखिएको थियो ।

वैध हतियार नै पनि छ्याप्छाप्ती हुँदा अमेरिकी समाजमा हिंसाको अवस्था चिन्ताजनक छ भने अवैध हतियारको बिगबिगीले समाजलाई कति असुरक्षित र अशान्त बनाउला भन्ने कल्पनामात्र गर्न सकिन्छ । राज्यको नियन्त्रणमा नभएको हतियारले कति विध्वंश र अशान्ति मच्चाउँछ भन्ने नेपाली समाजले भोगेको पनि धेरै भएको छैन ।

हतियार तस्करी विश्वमै हुने अवैध व्यापारमा पनि प्रमुखमध्येको हो । आशङ्का गरिएजस्तै नेपाल हतियार तस्करीको केन्द्र बनेको हो भने त्यो झन् गम्भीर चिन्ताको विषय हो । किनभने, हतियार तस्करी सरकारी संयन्त्रको संलग्नताविना हुन मुस्किल जो हुन्छ ।

यसैले  सरकारले साना हतियारको बिगबिगीलाई अपराधको सामान्य घटनामात्र नठानेर राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा लिनु जरुरी देखिन्छ । नेपाललाई ट्रान्जिट बनाएर हतियार तस्करी हुने गरेको हो भने त्यसलाई पनि रोक्न सबै आवश्यक प्रयत्न बेलैमा गर्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro