विदेश
काठमाडौं । टर्कीको सुरक्षा बलले दक्षिणपूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाइरहेका पाँच ‘आतंकवादी’लाई पक्राउ गरेको छ ।
टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)लाई उल्लेख गर्दै आतंकवादी संगठनका लागि काम गर्दै आएका पाँचजनालाई पक्राउ गरिएको बताएका हुन् ।
संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनका रूपमा सूचीकृत पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध बिद्रोह गर्दै आएको छ । सिन्ह्वा/न्युज एजेन्सी
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०९:३८
प्रतिक्रिया दिनुहोस्