site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ : शेखर कोइराला
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् ।

शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको उल्लेख गरे । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको उनले बताए । यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए ।

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरे ।

नेता कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको र नेता–कार्यकताले यसलाई अन्त्य गर्न जरुरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro