site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दीपक–दीपाको सिनेमा हल बुधबारबाट सञ्चालनमा आउँदै 

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आउँदो हप्ताबाट सञ्चालनमा आउने भएको छ । बुधबारबाट हल सञ्चालनमा ल्याउने तयारी भइरहेको कलाकारसमेत रहेका दीपकराज गिरीले जानकारी दिए । 

“आउँदो बुधबारबाट सिनेमा हल सञ्चालनमा आउनेछ । भदौ २१ गतेबाट सञ्चालनमा ल्याउने भनिए पनि काम नसकिएकाले त्यो सम्भव भएन,” दीपकराज गिरीले बाह्रखरीसँग भने, “अब आउँदो बुधबारबाट हल सञ्चालनमा आउनेछ । त्यहीअनुसार अन्तिम तयारी भइरहेको छ ।” 

Dabur Nepal
NIC Asia

हलको काम सकिए पनि लबीको काम भइरहेको दीपकले जानकारी दिए । नेपाली सिनेमाबाटै हल उद्घाटन गर्ने उनले दोहोर्‍याए ।  

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ । 

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।   

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।  

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ । 

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro