site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताए ।

Argakhachi Cement Island Ad

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा नागरिकहरू जानुपर्ने बाध्यात्मक अवस्था भएको बताए । त्यही कारणले सरकारले उनीहरूलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबीसमेत गरे ।

उनीहरूलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासनसम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको उनले बताए ।

उनले भने, "वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो । यसको अर्को विकल्प तत्कालका लागि छैन । यो एकदमै पीडादायक अवस्था हो । तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ । त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन । रोजगार हुने स्थिति पनि छैन । यसलाई सुरक्षित हिसाबले पुर्‍याउने, मर्यादित हिसावले पुर्‍याउने र पछि उनीहरूलाई आफ्नो मुलुकमा फर्काएर यहाँ पुनस्थापना गराउनेगरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौँ ।"

मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगी हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाई गरिरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्