site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कान्तिमा मृत्यु भएकी बालिका र महेन्द्र यादवका विषयमा जानकारी गराउन सभामुखको निर्देशन 
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु र पूर्वसांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सो विषय उठाएपछि उनले ‘रुलिङ’ गरेका हुन् । “आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एकजना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा गम्भीर कुराहरू उठेका छन् । यी विषयमा जानकारी गराउन म सरकारलाई निर्देश गर्छु,” घिमिरेले निर्देशन दिँदै भने ।

बुधबार रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूकक्षमा उनको उपचार जारी छ ।

यस्तै, उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएकी मकवानपुरको थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्दै सोमबार साँझ मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro