site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घाँटीको क्यान्सरसँग जुधिरहेकी सुमधूर स्वरकी धनी सरू
Sarbottam CementSarbottam Cement

बष्टन । ‘फर्कू म आमा घर’ शीर्षकको सुमधूर स्वरमा वाचन भएको कविता निकै नै लोकप्रिय भयो, नेपालीमाझ सामाजिक सञ्जालहरुमा कोभिड १९ को लकडाउनका बेला । लकडाउन हुँदा हवाइ उडान अवरुद्ध भएका थिए भने सिमानाहरु पनि बन्द ।

वाचन शैलीको सुन्दरता र कविताले बोकेको सन्देश तत्कालीन परिस्थिति सुहाउँदो भएकाले सुमधूर स्वरकी धनी सरु गुरागाईंलाई इन्टरनेटमा चर्चित हुन धेरै समय लागेन ।  कोभिड भाइरसले के अमेरिका के नेपाल विश्वभर नै आफ्नो ताण्डव मच्चाउँदै थियो भने उनको त्यो चित्तहर्षक स्वर र वाचन शैली पनि भाइरल बन्दै लाखौं नेपालीको दिल जित्दै थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

 

‘फर्कुँ म आमा घर’ शीर्षकको कविता कमल कोइरालाले लेखेका थिए ।  शार्दूलविक्रिडित छन्दमा उनको स्वरको संयोजन अनुपम मानियो ।  त्यस्तै शैलीका अरु कविताहरु मात्र होइन उनले आफ्ना श्रीमान् मुरारी गुरागाईंको अथक प्राविधिक सहयोगबाट भानुभक्तीय रामायणलाई पनि वाचन गरेर युट्युवमा अपलोड गरिन् । 

Global Ime bank

यूट्युवमा उनको वाचनमा आधारित भानुभक्तिय रामायण पनि लोकप्रिय बनिरहेकै थियो । उनको कर्णप्रिय स्वरका कविताहरु र भानुभक्तीय रामायण श्रवण गर्दै आएका फ्यानहरु एकैपटक दुःखी हुनपुगे जतिबेला सरुलाई क्यान्सर भएको समाचार फैलियो ।

सरुको क्यान्सर उपचारका आर्थिक सहायताका लागि उनका श्रीमानले गोफण्डमा सहयोगका याचना गरे । 

७५ हजार डलर लक्ष्य राखिएको उक्त गोफण्ड आग्रहमा आठै दिनमा ६४ हजार ७ सय ५२ डलर हालसम्म १५ सय मानिसहरुले आर्थिक सहायता दिइसकेका छन् । यो समाचार तयार पार्दासम्म सहयोगको लक्ष्य करिब १० हजार डलरले मात्र टाढा छ ।

सरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बाह्रखरी प्रतिनिधिले उत्तर अमेरिकामा रहेका उनका श्रीमान् मुरारी गुरागाईंसँग हालै फोन सम्पर्क गरेको थियो ।  उनले अपडेटहरु सामाजिक सञ्जाल फेसबुकबाट लिन आग्रह गर्दै परिवारमा सरुको स्वास्थ्य स्थितिले गर्दा तनाव छाएको उल्लेख गरे ।

गुरागाईंका अनुसार, सरुलाई गत डिसेम्बरबाट घाँटीमा डल्लो जस्तो आएको थियो ।  उनले भने, “त्यतिबेला त्यो डल्लोमा दुख्ने पोल्ने र अरु खालका लक्षण केही थिएन ।”

उनीहरु अस्पतालमा बुझ्न जाँदा विभिन्न टेस्टहरु गरेपछि पो थाहा भयो त्यो क्यान्सर हो भन्ने कुरा । यतिबेला उनीहरुको घरमा सन्नाटा छाएको छ । उनीहरुका ७ वर्षका छोरा र २२ महिनाकी छोरी छन् । 

नेपाल घर इलाम भएका गुरागाईं दम्पती सन् २०१४ मा अमेरिका आएका थिए ।  अमेरिका आएदेखि नै उनीहरु केन्टकी राज्यमा बसिरहेका छन् । “हामी उपचारको प्रारम्भिक चरणमा छौं, चिकित्सकले जे भन्छन् त्यही अनुसार गर्दै जाने हो,” उनी भन्छन् ।

saru-guragain-1694079101.jpg

गोफण्डको पेजमा अस्पतालको बेडमा सुतिरहेको फोटो हालिएको थियो । 

मुरारीको फेसबुक पेजमा राखिएको स्टाटसका अनुसार, पहिलो चरणको थाइराइडको शल्यक्रिया भइसकेको र त्यसक्रममा घाँटीको वरपरको टिस्यू हटाइएको छ ।  गुरागाईंले बाह्रखरीलाई भने, ‘‘पहिलो शल्यक्रियाको रिकभरी फेजमा हुनुहुन्छ, सरुजी ।’’

अस्पतालबाट घर ल्याएको एक हप्ता भएको उनले बताए । गुरागाईंका अनुसार सरु बोलेर कुराकानी गर्न सक्छिन् । अमेरिकास्थित अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनालले सरु गुरागाईं कविता वाचक मात्र नभएर कवि पनि भएको उल्लेख गरे । 

खनालले भने, ‘‘कविता पनि लेख्ने र यस्तो अद्भूत स्वरमा कविता वाचन गर्न सक्ने मान्छे मैंले अहिलेसम्म अर्को देखेको छैन ।’’

सरु गुरागाईंले कविताहरु वाचन गर्दा त्यसमा हारमोनियम बजाउने, युट्यूबका लागि भिडियोग्राफी गर्ने तथा त्यसको एडिटिङ गर्ने काम उनका श्रीमान् मुरारीले गर्ने गरेका थिए । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य हजारौं शुभेच्छुकहरुले सामाजिक सञ्जालमा सरुको शिघ्र स्वास्थलाभको कामना गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement