site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा लगाइन्छ खाद्यान्न बाली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषिगणना २०७८ ले नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली हुने देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘कृषिगणना २०७८’ मा उक्त कुरा देखाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कृषिगणना २०७८ अनुसार नेपालमा २५ लाख ८६ हजार १८३ हेक्टर जग्गामा खाद्यान्न बाली लगाइएको छ ।

अन्य बालीहरूमा क्रमशः कोसे/दाल बाली एक लाख ९९ हजार ८४४.८ हेक्टर, तेल बाली एक लाख ८० हजार १४१.१ हेक्टर, तरकारी बाली एक लाख सात हजार ७३३.८ हेक्टर जग्गमा लगाइने गरेको तथ्यांकमा उल्लेख छ ।

Global Ime bank

त्यस्तै, कन्दमुल बाली एक लाख चार हजार ७३७.८ हेक्टर, मसला बाली ५६ हजार ८९३.५ हेक्टर र नगदे बाली ४४ हजार ६०९.३ हेक्टर जग्गामा रहेको छ ।

कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७.७ हेक्टर, मकै बाली पाँच लाख ५९ हजार ९०९.३ हेक्टर र गहुँ बाली लागेको क्षेत्रफल ६ लाख ५४ हजार १९४.३ हेक्टर देखिन्छ ।

स्थायी बालीमा बगैंचाको रूपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७८१.७ हेक्टर, केराको क्षेत्रफल सात हजार ८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ हजार ५४५.३ हेक्टर, कागतीको क्षेत्रफल दुई हजार ८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८०.२ हेक्टर रहेको छ ।

“यी सबै फलफूल बालीहरूको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ,” कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement