site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहमतिका साथ अघि बढ्न जरुरी : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बिहीबार चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उनले एकार्कालाई तानातान गर्ने राजनीतिक संस्कारले मुलुकको विकास हुन नसकेको बताए । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनले औँल्याए ।

उनले भ्रष्टाचारको जालोलाई अन्त्य गरेर सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे । सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसानुसार अघि बढ्न सबैलाई आग्रह गरे ।

उनले सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu