site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्धको रिट : आज आदेश आउने सम्भावना ! 
फाइल तस्बिर

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु  भएको थियो । 

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो । 

मंगलबारबाट प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस भएको थियो । आज आदेश हुन सक्ने सम्भावना रहेको  निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro