site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान रोहित पौडेल भन्छन्– अब पूर्वाधारमा लगानी गर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप–२०२३ खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अब क्रिकेटको पूर्वाधारमा लगानी गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान रोहितले अब सरकारले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“भारत र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ । सबैले राम्रो महशुस गरिरहेका छन् । यो वर्ष हाम्रो लागि राम्रो भयो । हामीले समर्थक सबैको साथ र सहयोग पायौँ । विश्वकै उत्कृष्ट बलरले बल फालिरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो,” रोहितले भने, “नयाँ अनुभव लिएका छौँ । अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ । एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनु परेको छ । सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ ।”

एसया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टिमलाई बुधबार सशस्त्र प्रहरी बलको ब्याण्डले विमानस्थलमा बाँजागाँजासहित स्वागत गरेको थियो । नेपाली टिमलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement