site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरूको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत र अनकूल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । 

बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 

मन्त्री बस्नेतले बुधबार ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रूपमा विस्तार गर्ने योजनामा रहेको उल्लेख गरे । 

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उनको भनाइ छ । 

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरूले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए ।  

सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरूको प्रवर्द्धनको लागि सरकारले नीतिहरू निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro