खेल

काठमाडौं । एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।
३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १८:०२
प्रतिक्रिया दिनुहोस्