site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२३ मा दुई लाख श्रीलंकाली रोजगारीका लागि विदेश पलायन
Tiktok banner adTiktok banner ad

कोलम्बो । श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीमा गएका छन् ।

सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलंकाली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै संख्यामा बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताए ।

विदेशमा रहेका श्रीलंकालीले सन् २०२३ को पहिलो ६ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् ।

कामदारको विप्रेषण श्रीलंकाको विदेशी मुद्रा आयको एक प्रमुख आधार भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्छ । देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।

श्रीलंकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनु र अत्यावश्यक वस्तुको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता सामग्रीको कमीले जीवन कष्टकर हुँदा श्रीलंकाली नागरिक आन्दोलित भएका थिए ।

आन्दोलनका भरमा श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले राजीनामा दिनु परेको थियो । लामो राजनीतिक अनुभव सम्हालेका वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ ।

सुधारका संकेत देखिएका छन् । मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन् । यद्यपि, आर्थिक संकटले पारेको घाउ निको हुन निकै समय लाग्ने देखिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro