site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
६ महिनापछि पृथ्वीमा फर्कियो नासाको स्पेसएक्स क्रु–६
तस्बिर : नासा ।

लस एन्जलस । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रु–६ का अन्तरिक्षयात्री सोमबार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

नासाका अन्तरिक्षयात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई)का अन्तरिक्षयात्री सुल्तान अल नेयादी र रुसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्षयात्री आन्द्रे फेद्याएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल प्यारासुटको सहयोगमा फ्लोरिडाको तटमा सकुशल अवतरण गरेको हो ।

Dabur Nepal
NIC Asia

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट ग्रीनविच समयानुसार आइतबार ११ः०५ मा छुटेको थियो । मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।

चालक दलका सदस्यहरू ६ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।

नासाका अनुसार मिसनका क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउन सयौँ प्रयोग र प्रविधि प्रदर्शनमा योगदान पुर्‍याएका थिए । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro