
काठमाडौं । वीर अस्पतालको नयाँ भवनको छैटौँ तलाबाट खसेका एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान २ बजे उनको शव अस्पतालको भुईँतलामा मृत अवस्थामा भेटिएको थियो ।
पहिचान नभएका अन्दाजी ४० वर्षका पुरुषको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सो रात उनी बिरामी आफन्तलाई भेट्न भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए ।
तर, ती पुरुषका कुनै आफन्त अस्पतालमा भर्ना नगरिएको वीरका प्रशासन प्रमुख सागर मिश्रले बताए ।
नयाँ भवनको छैटौँ तलामा न्याम्सको कार्यालय रहेको छ, जुन रातको समयमा बन्द रहन्छ । अरु सबै झ्यालढोका बन्द रहे पनि एउटा खुला रहेको र त्यसैबाट ती पुरुष खसेको पाइएको मिश्रले बताए ।
सो भवनको पाँचौँ तलामा बस्ने सुरक्षा गार्डले पनि ती व्यक्तिलाई नदेखेको अस्पतालले जनाएको छ ।