site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान, आचार्यको पक्षमा ‘लबिङ’ गर्ने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इजिप्ट गएका छन् । मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटा र उनको परिवारसहितको टोली सोमबार बिहान त्यसतर्फ गएको हो ।

यही भदौ १९ देखि २२ गतेसम्म इजिप्टको राजधानी कायरोमा सम्मेलन हुनेछ । मन्त्री बस्नेतले नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट विचार व्यक्त गर्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकको उमेदवार बनेका नेपालका जनस्वास्थ्यविज्ञ डा. शम्भु आचार्यको पक्षमा ‘लबिङ’ गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् । सो निर्वाचन आउँदो महिना हुँदै छ ।

मन्त्री बस्नेत भदौ २४ गते स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्