site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्धको खेल छोडेर भारत फर्किएका बुमराहलाई पुत्रलाभ 
फाइल तस्बिर ।

काठमाडौं । एसिया कप–२०२३ मा नेपालविरुद्धको खेल छोडेर भारत फर्किएका भारतीय टिमका बलर जसप्रीत बुमराहलाई पुत्रलाभ भएको छ ।

सोमबार भारतले नेपालविरुद्ध खेल्ने तालिका छ । बुमराह आइतबार श्रीलंकाबाट भारत फर्किएका थिए ।

Dabur Nepal
NIC Asia

२९ वर्षीय बुमराहले सामाजिक सञ्जालमार्फत पुत्रलाभको जानकारी दिएका हुन् । उनले टेलिभिजन प्रस्तोता सञ्जना गनेसनसँग विवाह गरेका थिए ।

बुमराहले फेसबुक पोस्टमा आमा र सन्तानको स्वास्थ्य अवस्थाबारे केही जानकारी दिएका छैनन् । उनले छोराको नाम अंगद जसप्रीत बुमराह राखेका छन् ।

“हाम्रो सानो परिवार बढेको छ र हाम्रो हृदय हामीले सोचेको भन्दा पनि भरिएको छ ! आज बिहान हामीले हाम्रो सानो केटा, अंगद जसप्रीत बुमराहलाई संसारमा स्वागत गर्‍यौँ । हामी निकै खुसी छौँ र जीवनको यो नयाँ अध्यायसँगै आउने सबै कुराप्रति प्रतीक्षित छौँ,” बुमराहले सामाजिक सञ्जालमा लेखेका छन् ।

qfmg-1693811717.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro