बाह्रखरी फोटो
भक्तपुरको मध्यपुर थिमिस्थित चपाचोमा करिब ३२ वर्षपछि भैलः नाच प्रदर्शन गरिँदै । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म बेलुकादेखि बिहानसम्म चपाचो, दिगुटोल, इनायलाछी, लायकू, दथुटोल, मरूटोल, बालकुमारी मन्दिर परिसरमा यो नाच प्रदर्शन गरिन्छ । भैलः नाचमा दुई भैल, दुई दायगी र एक ज्यागुचा गरी पाँच कलाकार हुन्छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १०:०८
प्रतिक्रिया दिनुहोस्