राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान निर्वाचनका लागि उमेदवारी मनोनयनको काम भइरहेको छ ।
१० बजेसम्म उमेदवारी दर्ताको समय छ । “त्यसपछि उमेदवारी फिर्ताको समय दिइनेछ । उमेदवारी फिर्ता नभए निर्वाचन हुन्छ,” निर्वाचन आयोगका सदस्य विष्णु खनालले बाह्रखरीसँग भने ।
अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उमेदवारी दिएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० ०८:५६
प्रतिक्रिया दिनुहोस्