site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८१ अंकले ओरालो लागेर १९६०.७८ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले ओरालो लागेर ३७६.६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा आज गिरावट देखिएको छ ।

Dabur Nepal
NIC Asia

विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता सेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद–बिक्री भए । कारोबारका आधारमा सोल्टी होटेल शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड ८८ लाख ८८ हजार १०६ रुपैयाँबराबरको सेयर कारोबार भयो ।

यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको तीन करोड ७६ लाख ४१ हजार ९४६, सिटी होटेलको तीन करोड ७४ लाख दुई हजार ७८०, माछापुच्छ्रे बैंकको तीन करोड ४९ लाख ६६ हजार ३०२ र एभरेष्ट बैंकको तीन करोड २३ लाख ४३ हजार ७५४ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिक्लेस हाइड्रोपावर ५.५६, प्राइम बैंकको ऋणपत्र ४.०३, बुद्धभूमि नेपाल हाइड्रोपावरको १.९६ र सिटिजन म्युचुअल फन्ड दोस्रोको सेयर मूल्य १.९१ प्रतिशतले बढेको छ ।

लिबर्टी इनर्जी रसिटी होटेलको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर्सको ८.७९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ८.३९ र सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.२२ प्रतिशतले घटेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro